images
images

डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ घट्यो


  • 514
    SHARES
  • २०८० कार्तिक १४ गते मंगलबार

    डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ घट्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो । आइओसीबाट डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ६३ पैसा घटेर आएको थियो।

    स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।

    निगमका अनुसार आइओसीबाट पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा भाउ बढेर आएको छ। यस्तै ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा मूल्य बढेर आएको छ। यहाँ पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो ।

    noc.jpg

     


    images
    images

    Logo