काठमाडौं । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको विश्वकप छनोट अन्तर्गतको खेलमा मलेसियाले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो ।
मलेसियाका तर्फबाट सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए । त्यस्तै, जुवैदी जुल्कीफ्ले, शर्विन मुनेदी र विजउ उन्नीले क्रमशः २४, १३ र १३ रनको योगदान दिए । अरु खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।
टस हारेर पहिले फिल्डीङ गरेको नेपालका लागि अभिनाश बोहोराले ४ विकेट, सन्दिप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १÷१ विकेट लिए ।