काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोामबार पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।