images
images

१९ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ८ व्यापारीलाई नगद जरिवाना


  • 414
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    १९ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ८ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार १९ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले कस्मेटिक, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स, किराना पसल, गिफ्टका सामानका पसल र अन्य पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    सोमबार १९ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ८ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले भोटेवहालमा रहेको ३ वटा र काठमाडौंमा रहेको एक इलेक्ट्रिकल ÷ इलेक्ट्रोनिक्स पसललाई १०÷१० हजार रुपैयाँका दरले जरिवाना गरेको छ  भने काठमाडौंमा रहेको खाद्य वस्तु पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ  । विभागले असनमा रहेको अन्य पसललाई १० हजार र असनमै रहेको गिफ्टका सामान २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    त्यस्तै, काठमाडौंमा रहेको विविध पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo