images
images

प्रधानाध्याप स्वर्णकारको हत्या आरोपमा एक जना पक्राउ


  • 334
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    प्रधानाध्याप स्वर्णकारको हत्या आरोपमा एक जना पक्राउ

    काठमाडौं । बारामा प्रधानाध्यापको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको हो ।

    कलैयाबाट आरोपी पक्राउ परेका हुन्।सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो । कलैया उपमहानगरपालिका वडा नं। ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए ।

    ३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो। गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि वयोधा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका थिए । 

     


    images
    images

    Logo