काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्नेलाई कारबाही गरेको छ । सार्वजनिक स्थानमा आगो बाल्ने २ जनालाई जरिवाना तिराएको हाे । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित ग्रीन भ्याली साकोस र नविनकुमार शाहलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
उक्त कम्पनीलाई जरिवानासहित पुनः यस्तो काम नगर्न सचेत गराइएको छ । महानगरपालिकाले सार्वजनिक तथा खुल्ला स्थानमा आगो बाल्ने जथाभावी फोहोर फाल्ने, खोलामा फोहोर फाल्नेलाई कारबाही गर्दै आएको छ ।