काठमाडौं । कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन् । हिजो आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन् ।
थापासहित पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको प्रदेश प्रहरी सुदूरपश्चिमले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।