काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले योग्य संस्थागत लगानीकर्ताहरुले दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
नेप्सेले एक सुचना जारी गर्दै बुक विल्डिङ विधिमार्फत गरिने निष्काशनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्वन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा योग्य संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन भनेको हो ।
यसअघि पहिले नै दर्ता भइसकेका संस्थागत लगानीकर्ताले वार्षिक नवीकरण शुल्क बझाउनुपर्ने छ भने दर्ता नभएका कम्पनीले दर्ता शुल्क बुझाउनुपर्ने नेप्सेले जनाएको छ । दर्ता शुल्क १० हजार रुपैयाँ र वार्षिक नवीकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
नेप्सेले बुक विल्डिङ विधिमार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई नवीकरण शुल्क बुझाउन भनेको हो । साथै उसले ग्लोबल आइएमई बैंक कमलादीमा तोकिएको शुल्क बुझाउन पनि भनेको छ ।
बुक विल्डिङ विधिमार्फत आईपीओको मूल्य निर्धारणमा सहभागी हुने योग्य संस्थागत लगानीकर्ताहरू नेप्सेमा सूचीकृत हुनुपर्दछ ।



