images
images

विश्वकप छनाैट : नेपालद्वारा सिंगापुर ८ विकेटले पराजित, कुशल भुर्तेलको अर्धशतक 


  • 300
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    विश्वकप छनाैट : नेपालद्वारा सिंगापुर ८ विकेटले पराजित, कुशल भुर्तेलको अर्धशतक 

    काठमाडौं । नेपालले सिंगापुरलाई ८ विकेटले पराजित भएको छ । टी–२० विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह ए को आजको खेलमा नेपालले सिंगापुरले दिएको लक्ष्य २१ बल बाँकी हुँदै पूरा गरेको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । सो लक्ष्य नेपालले १६.३ ओभरमा पूरा गरेको हो । 

    नेपालका लागि कुशल भुर्तेलले ७४ रन, आसिफ शेखले २७ तथा अविजित रहेका रोहित पौडेल र कुशल मल्लले क्रमशः ३५ र ६ रनको योगदान दिए । 

    बलिङको क्रममा अभिनाश बोहोराले ३ तथा करण केसी, सन्दिप लामिछाने र गुल्सन झाले २/२ विकेट लिए । 

    सिंगापुरका लागि अक्षय पूरी र अनन्त कृष्णले १/१ विकेट लिए । त्यस्तै, रोहन रंगाराजनले ४६, आर्यविर चौधरीले ३७ तथा मनप्रित सिंहले २४ रनको योगदान गरे ।


    images
    images

    Logo