images
images

सिंगापुरबाट नेपालले पायो १ सय ४६ रनको लक्ष्य


  • 229
    SHARES
  • २०८० कार्तिक १३ गते सोमबार

    सिंगापुरबाट नेपालले पायो १ सय ४६ रनको लक्ष्य

    काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनके लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

    सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

    नेपालका लागि अविनाश बोहरा, गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् । 

     

     

     

     


    images
    images

    Logo