images
images

१७  फर्ममाथि वाणिज्य विभागको अनुगमन, ११ व्यापारीलाई नगद जरिवाना


  • 309
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    १७  फर्ममाथि वाणिज्य विभागको अनुगमन, ११ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार १७ फर्ममाथि अनुगमन गरेको छ । आइतबार बजार अनुगमनको क्रममा विभागले कस्मेटिक, इलेक्ट्रिकल ÷इलेक्ट्रोनिक्स, किराना पसल, खेलकुद तथा फिटनेसका सामान पसल र अन्य पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    आइतबार १७ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ११ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले जोरपाटीमा रहेको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ भने गणबहालमा रहेको इलेक्ट्रिकल ÷ इलेक्ट्रोनिक्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो । जसमा बाँकी रहेका पसललाई ५ हजार देखि २० हजार रुपैयाँ जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo