images
images

असोजमा आयात बढ्दा निर्यात भने घट्यो, व्यापार घाटामा २ प्रतिशतको वृद्धि


  • 281
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    असोजमा आयात बढ्दा निर्यात भने घट्यो, व्यापार घाटामा २ प्रतिशतको वृद्धि

    काठमाडौं ।  चालु आर्थिक बर्षको २०८०/८१ को असोजमा आयत बढ्दा निर्यात घटेको छ । भन्सार विभाले सार्वजनिक गरेको विवरण अनुसार असोजमा ४ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा  ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

    त्यस्तै, विभागले सार्वजनिक गरेको विवरण अनुसार असोजमा निर्यात भने २.२६ प्रतिशतले घटेको छ । असोजमा ४० अर्ब ८७ करोडरुपैयाँ बराबरको निर्यात भएको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । 

    साउनदेखि असोज महिनासम्मको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ छ । गत बर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको थियो । यस अवधिमा आयात निर्यात अनुपात ४.०४ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo