images
images

काठमाडौंमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ


  • 298
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    काठमाडौंमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका–७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका–१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo