काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै,१८२ दिनको लागि १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि १ अर्ब ५६ रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको मंसिर १२ गते परिपक्क हुनेछ भने ९१ दिनको माघ १६ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी बैशाख १८ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ साल कात्तिक १३ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



