images
images

दशैंका लागि साटियो ५५ अर्बको नयाँ नोट 


  • 304
    SHARES
  • २०८० कार्तिक १२ गते आइतबार

    दशैंका लागि साटियो ५५ अर्बको नयाँ नोट 

    काठमाडौं । यस वर्षको दशैंमा मानिसहरुले ५५ अर्ब बराबरको नयाँ र सुकिला नोट साटेका छन् । नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकले प्रकाशन गर्ने चलनचल्तीको मुद्राको विवरणमा असोज २६ सम्म चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ३३ अर्ब रुपैयाँ थियो । जुन कात्तिक ३ सम्म चलनचल्तीमा रहेको मुद्रा बढेर ६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । उक्त विवरणबाट पनि दसैंको अवसरमा करिब ५५ अर्ब रुपैयाँ बराबर नोट बाहिरिएको देख्न सकिन्छ । 

    दसैं र तिहारमा हरेक वर्ष औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । त्यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब भने हुँदैन ।


    images
    images

    Logo