images
images

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार


  • 364
    SHARES
  • २०८० कार्तिक ११ गते शनिबार

    सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्। सार्क मन्त्रिपरिषदले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले शनिबार जानकारी दिएको हो।

    गोलाम सरवर सार्कको १५ औं महासचिव हुन्। उनी बंगलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी पनि हुन्। सार्क सचिवालयका अनुसार सन् १९९१ मा बंगलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवर मलेसिया, ओमन र स्विडेनमा बंगलादेशी राजदूत भइसकेका छन्। उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वासिङटन डिसीमा पनि बंगलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्।

    सन् १९६६ मा जन्मेका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका सार्क सचिवालयले जनाएको छ।

     


    images
    images

    Logo