images
images

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित, नेपालसहित १२० राष्ट्रको मत पक्षमा


  • 273
    SHARES
  • २०८० कार्तिक ११ गते शनिबार

    इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघबाट पारित, नेपालसहित १२० राष्ट्रको मत पक्षमा

    काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल-हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो । युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् ।

    अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ । प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको रिहाइ र गाजामा सबै प्रकारका अत्यावश्यक वस्तुको आपूर्तिमा जोड दिइएको छ ।' तत्काल, भरपर्दो र दियो मानवीय युद्धविराम जसले दुश्मनीलाई समाप्त गर्न सकोस्' भन्ने प्रस्ताव गरिएको छ ।

    महासभाले पारित गरेको प्रस्ताव मान्य बाध्यकारी नभए पनि इजरायल र हमासबीच जारी द्वन्द्वमा विश्व जनमत कतातर्फ छ भन्ने देखाउने आधार भने हुनेछ । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि प्यालेस्टाइन भूभाग गाजामा इजरायलले हवाई आक्रमण गर्दै आएको छ । इजरायलले गरेको आक्रमणमा परी ७ हजारभन्दा बढट्ठ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । त्यसैगरी इजरायलले गाजामा अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि नाकाबन्दी गरेको छ ।

     

     

     


    images
    images

    Logo