काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो।
छायाँनाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्।
घाँटी रेटी हत्या गरेको अवस्थामा उनीहरुको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट कुकुरसहित खटिएको प्रहरी टोलीले घटनाका अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।