काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ । महानगरले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।
महानगरले शुक्रबार एक सुचना जारी गर्दै २८ जना खुला, ९ जना महिला, ८ जना आदिवासी जनजाति ,२ जना दलित र थारु, मधेशी र पिछडिएको १र१ जनाका लागि आवेदन आह्वान गरेको हो ।
८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ । इच्छुक व्यक्तिले कात्तिक २४ गतेभित्र दरखास्त दिन महानगरले जनाएको छ । जसको लागि महानगरपालिकाको कार्यालयबाटै वा अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।
पुरूषका हकमा उचाइ घटीमा ५ फिट २ इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ ।




