काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
दसैं बिदाका कारण एक सातादेखि सुनको मूल्य निर्धारण भएको थिएन। गत शुक्रबार अथात् कात्तिक ३ गते सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएर नयाँ रकेर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।