काठमाडौं । नेपाल, यूएई र हङकङबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत फाइनल खेल आज हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि खेल सुरु हुनेछ ।
यसअघि ४ खेलमध्ये हङकङसँग एउटा खेल मात्रै जितेर रनरेटका आधारमा फाइनलमा पुगेको यूएई नेपालसँग तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि हङकङ र यूएई दुबैलाई २÷२ पटक हराएर ८ अंकसहित फाइनलमा पुगको नेपाललाई २ अंकसहित फाइनलनमा पुगेको यूएईलाई हराउनैपर्ने बाध्यता छ । आज यूएई जित्यो भने उसले नै उपाधि उचाल्छ ।
नेपाल र यूएईबीच एकदिवसीय श्रृंखला अन्तर्गत ७ पटक प्रतिस्पर्धा भएको छ । सन् २०१९ मा ३ पटक, २०२२ मा २ पटक र यही सिरिज अन्तर्गत २ पटक प्रतिस्पर्धा भएको हो ।
यसमध्ये २०२२ र २०२३ मा भएका सबै खेलहरु नेपालले जितेको छ । सन् २०१९ मा भने सबै खेल यूएईले जितेको थियो ।



