काठमाडौं । भारतको मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाएको छ । बीबीसी हिन्दीका अनुसार मणिपुरमा अक्टोबर ३१ सम्म मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाइएको हो ।
समाचारमा जनाइएअनुसार मुख्यमन्त्री विरेन्द्र सिंहले इन्टरनेटमा लगाइएको प्रतिबन्ध हटाउने बताएको एक हप्तापछि पुनः प्रतिबन्ध बढाएको हो । केही असामाजिक तत्वले जनभावना भड्काउनेगरी तस्वीर र भिडियो फैलाउन सामाजिक सञ्जालको दुरुपयोग गर्न जोखिम रहेको भन्दै प्रतिबन्ध बढाइएको हो ।
मणिपुरमा गत मईदेखि दुई समुदायबीच भड्किएको हिंसाका कारण पाँच महिनादेखि तनाब जारी छ । बिचमा केही समय इन्टरनेट बहाल गरिएको थियो ।