काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनको हृदयाघातका कारण आज बिहान सांघाईमा निधन भएको बताइएको छ ।
ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका थिए ।
६८ वर्षीय ली सांघाई भ्रमणमा रहेका बेला बिहीबार मध्यरातमा अचानक हृदयघात भएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ। उनको उपचारमा सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२स्१० मा उनलाई मृत घोषणा गरिएको थियो ।
लीलाई कुनै समय सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको सम्भावित शीर्ष नेता मानिन्थ्यो । तर अन्तमा, उनलाई सीले पछाडि पारेका थिए ।