images
images

तीन दिनदेखि बन्द मनकामना केबलकार आजदेखि सञ्चालनमा


  • 264
    SHARES
  • २०८० कार्तिक ९ गते बिहीबार

    तीन दिनदेखि बन्द मनकामना केबलकार आजदेखि सञ्चालनमा

    मुग्लिन । तीन दिनदेखि बन्द मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ ।

    बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।


    images
    images

    Logo