images
images

उपत्यकामा बुधबार एक हजार सवारी कारबाहीमा, ओभरस्पिडको हिस्सा झण्डै आधा


  • 339
    SHARES
  • २०८० कार्तिक ९ गते बिहीबार

    उपत्यकामा बुधबार एक हजार सवारी कारबाहीमा, ओभरस्पिडको हिस्सा झण्डै आधा

    काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले १ हजार ९७ सवारीका चालकलाई कारबाही गरेको हो। 

    जसमा ओभर स्पिड चलाउने ४७१, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १००, लेनको पालना नगर्ने २०, रेड लाइटमा सवारी चलाउने १३, जथाभाबी हर्न बजाउने १५, नम्बर प्लेट प्रष्ट नभएका ६ र अन्य ४७२ रहेका छन् । 


    images
    images

    Logo