images
images

यस्तो छ आज नेपालको मौसमदेखि प्रदुषणको अवस्था


  • 375
    SHARES
  • २०८० कार्तिक ९ गते बिहीबार

    यस्तो छ आज नेपालको मौसमदेखि प्रदुषणको अवस्था

    काठमाडौं । आज पनि नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। आज देशका पहाडी क्षेत्रमाआंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती पनि पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।

    आज काठमाडौंमा ६ः१० मा सूर्यादय भयो भने बेलुकी ५ः१८ मा सूर्यास्त हुनेछ । काठमाडौंमा आज वायुमण्डलको प्रदुषण लेभल ८२ रहेको छ । यो सामान्य अवस्था हो । बुधबार यो ५५ को हाराहारीमा थियो । 


    images
    images

    Logo