images
images

काठमाडौं उपत्यकामा आज प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने


  • 270
    SHARES
  • २०८० कार्तिक ७ गते मंगलबार

    काठमाडौं उपत्यकामा आज प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने

    काठमाडौं । नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

    सार्वजनिक सवारी साधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ । 

    बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ ।

    आज सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक सवारी साधन दसैँको समयमा नचल्दा काठमाडौं उपत्यकामा दसैँमा सर्वसाधारणले हैरानी बेहोर्नु पर्दै आएको छ । 


    images
    images

    Logo