काठमाडौं । विजयादशमीको टीकाको उत्तम साइत आज मङ्गलवार बिहान ११:०२ वजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहानैदेखि बेलुकासम्म टीका लगाउने साइत भएपनि उत्तम साइतका लागि सो समय निर्धारण गरिएको हो ।
टीका लगाउनु अघि घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिएको दुर्गा देवीलाई विसर्जन गर्नु पर्ने समितिले जनाएको छ । त्यसरी देवी विसर्जनको साइत भने बिहान १० बजेर ३७ मिनेटमा रहेको जनाइएको छ । आज टीकासंगै मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा अफन्तबाट टीका लगाएर देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।