images
images

भन्सार छलीका सामाग्रीसहित ७ जना पक्राउ


  • 332
    SHARES
  • २०८० कार्तिक ६ गते सोमबार

    भन्सार छलीका सामाग्रीसहित ७ जना पक्राउ

    गुलरिया । भन्सार छलीका विभिन्न सामाग्रीसहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित भन्सार रोडबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामानसहित मानिस पक्राउ गरेको हो ।

    चोरी पैठारी गरी भन्सार छलेर ल्याउँदै गरेको फलफूल तथा तरकारीलगायत सो कार्य गर्न प्रयोगमा ल्याईएका ४ थान मोटरसाइकल, ४ थान साइकल गरी १ लाख ७४ हजार मूल्य बराबरको सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । ५ जना भारतीय, २ जना नेपाली गरी ७ जना मानिस र नियन्त्रीत सामाग्री आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाएको उनले जानकारी दिए ।


    images
    images

    Logo