images
images

नेपालद्वारा यूएई ५ विकेटले पराजित, आशिफको अर्धशतक 


  • 376
    SHARES
  • २०८० कार्तिक ६ गते सोमबार

    नेपालद्वारा यूएई ५ विकेटले पराजित, आशिफको अर्धशतक 

    काठमाडौं । आशिफ शेखको अर्धशतकसँगै नेपालले यूएईविरुद्ध जित हासिल गरेको छ । आज मुलपानी क्रिकेट स्टेडियममा भएको त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा १६५ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित हाँसिल गरेको हो । 

    खेलमा आशिफ शेखले सर्वाधिक ६२ रन, कप्तान रोहित पौडेलले ४७ रन, दिपेन्द्र सिंह ऐरीले ४० रन, सोमपाल कामीले २ रन र कुशल भुर्तेल र गुल्सन झाले १÷१ रनको योगदान दिएका थिए । 

    टस जितेर नेपालले पहिले यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभर खेल्दै यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।


    images
    images

    Logo