images
images

नेपालले पायो १६५ रनको लक्ष्य


  • 245
    SHARES
  • २०८० कार्तिक ६ गते सोमबार

    नेपालले पायो १६५ रनको लक्ष्य

    काठमाडौं । नेपालले यूएई विरुद्ध १६५ रनको लक्ष्य पाएको छ । आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियममा भएको त्रिकोणात्मक सिरिजको खेलमा यूएईले १६४ रन बनाउँदै नेपाललाई  १६५ रनको लक्ष्य दिएको हो । 

    टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएको छ । यूएईका बसिल हामिद र वृत्य अरविन्दले ४५/४५ रन, आसिफ खानले १८ रन, खालिद शाहले १२ रनको योगदान दिएका थिए । अन्य खेलाडीहरुले भने दोहोरो अंकको रन लिन सकेनन् । 

    नेपालका लागि सोमपाल कामी र अभिनाश बोहोराले २/२ विकेट र गुल्सन झा, कुशल मल्ल र करण केसीले १/१ विकेट लिएका छन् । 


    images
    images

    Logo