काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ६७८ सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोली ती सवारीका चालकलाई कारबाही गरेको हो।
जसमा ओभर स्पिड चलाउने २८७, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६३, लेनको पालना नगर्ने ७, रेड लाइटमा सवारी चलाउने ६, जथाभाबी हर्न बजाउने ५, नम्बर प्लेट प्रष्ट नभएका ३ र अन्य ३०६ रहेका छन्।