images
images

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान


  • 359
    SHARES
  • २०८० कार्तिक ५ गते आइतबार

    बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

    लुम्बिनी । बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’  जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ । 

    सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’  जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ । 

    यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँचसय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चारपाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।  दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश  वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् । 

    केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकैपटक बोलपत्र आह्वान  गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ । यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको बताए  । निजी सवारी साधानलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उनको बुझाइ छ । 

    ‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई दुईहजार पाँच सय रुपैयाँ, तीन पाङ्ग्रे सवारीलाई दुईहजार नौ सय रुपैयाँ, चारपाङ्ग्रे सवारीलाई तीन हजार दुईसय रुपैयाँ र हेभी सवारीलाई तीन हजार ६ सय रुपैयाँ राजश्व तोकिएको छ । एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।


    images
    images

    Logo