images
images

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार


  • 346
    SHARES
  • २०८० कार्तिक ४ गते शनिबार

    एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । 

    कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । 

    त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । 

    सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ । 


    images
    images

    Logo