images
images

नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य


  • 306
    SHARES
  • २०८० कार्तिक ४ गते शनिबार

    नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको शनिबार खेलिएको खेलमा आफ्ना दुई प्रभावशाली ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धसतकको मद्दतले नेपालले हङकङलाई जितका लागि २१४ रनको विशाल लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो । 

    नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल(११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ रहेको थियो । 


    तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाले । दुबैले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । १७औं ओभरको पाँचौं बलमा छक्का हादै मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए । अर्को ओभरमा ऐरीले पनि समान ३० बलमा ५० रन कटाएका थिए ।

    ऐरी १९औं ओभरको अन्तिम बलमा आउट भए । कुल ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मदतमा ५७ रन बनाए । यस्तै अन्तिम बल खेल्नु अघि मल्ल ९२ रनमा पभेलियन फर्किएका थिए । ४१ बलको समना गरेका उनले ९ वटा छक्कार तीन चौका प्रहार गरे ।

     


    images
    images

    Logo