काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा हङकङविरूद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले हङकङविरूद्ध सुरूमा ब्याटिङ गर्न लागेको हो।
नेपाल, हङकङ र युएईबीचको टी(२० सिरिजमा नेपालले दुई खेलमा जित हात पारिसकेको छ। यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो।
गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । आजकै खेलमा नेपालका बलर प्रतिश जिसीले डेब्यु गर्दै छन् ।