images
images

मकवानपुर राजस्व कार्यालयद्वारा ६ अर्ब ६० करोड रुपैयाँ असुली


  • 283
    SHARES
  • २०८० कार्तिक ४ गते शनिबार

    मकवानपुर राजस्व कार्यालयद्वारा ६ अर्ब ६० करोड रुपैयाँ असुली

    मकवानपुर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९ करोड ५ लाख १९ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

    यसैगरी, आयकरतर्फ १ अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजस्व असुली भएको छ भने २ करोड ५१ लाख ६१ हजार रुपैयाँ बहाल कार, ब्याज करमा ६ करोड ३५ हजार, स्वास्थ्य सेवा करमा ६६ करोड ४० लाख ७५ हजार र शिक्षा सेवाकरबापत ७ हजार रुपैयाँ मात्र असुली गरिएको सो कार्यालयले जनाएको छ ।

    अघिल्लो आर्थिक बर्ष २०७८/७९ को तुलनामा यसवर्ष २०७९÷८० मा वार्षिक लक्ष्यभन्दा ३३ करोड १४ लाख ४० हजार रुपैयाँ राजस्व थप सङ्कलनमा वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले राससलाई जानकारी दिए । उनका अनुसार, सङ्कलित राजस्वमध्ये हेटौँडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग, शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योग, विभिन्न निर्माण आयोजना र व्यापारीबाट राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भई राजस्व असुलीमा निकै तीव्रता ल्याइएको जानकारी दिए ।


    images
    images

    Logo