काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जानाको शव आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो ।
इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।जुन शव नेपाली समयअनुसार आइतबार विहान काठमाडौँ पुग्ने छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।
सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ । साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।