images
images

भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु, शनिबारदेखि यात्रुका लागि खुला गरिँदै


  • 746
    SHARES
  • २०८० कार्तिक ३ गते शुक्रबार

    भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु, शनिबारदेखि यात्रुका लागि खुला गरिँदै

    काठमाडौं । भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका हुन् ।

    रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरुसँग कुराकानी गरिरहेको देखाइएको छ ।

    ‘भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ’, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ।अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।


    images
    images

    Logo