images
images

'सफा नोट प्रयोग गर्ने' राष्ट्र बैंकको नीतिः अक्षता, अबिर नलाग्ने गरी प्रयोग गर्न अनुरोध


  • 459
    SHARES
  • २०८० कार्तिक ३ गते शुक्रबार

    'सफा नोट प्रयोग गर्ने' राष्ट्र बैंकको नीतिः अक्षता, अबिर नलाग्ने गरी प्रयोग गर्न अनुरोध

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सुझाएको छ । 

    राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा आउन् भन्ने उद्देश्यले सफा नोट प्रयोग गर्ने नीति लिएको उल्लेख गरेको हो । 

    नोटको प्रयोग र्गा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीबाट भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जोगाउने र जथाभावी रङ वा तेल नलाग्ने गरी जतन गर्न वित्तीय चेतनामार्फत सचेत गराएको हो । 

    यसो गर्दा नोट लामो समय टिक्नुको साथै किटाणुबाट सर्ने रोगको जोखिम कम हुन्छ र झुत्रा तथा च्यातिएका नोटबाट हुने हैरानी बेहोर्नु पर्दैन । 

    बैंक तथा वित्तीय संस्थाबाट नगद बुझिलिंदा वा नगद कारोबार गर्दा सफा र सुकिला नोटका लागि अनुरोध गर्न सुझाएको छ । 

    nrb.jpg


    images
    images

    Logo