images
images

राजधानी बनाउन लुम्बिनी प्रदेशले रोकिराखेको जग्गा फुकुवा, कित्ताकाट गर्न भने नपाइने


  • 356
    SHARES
  • २०८० कार्तिक ३ गते शुक्रबार

    राजधानी बनाउन लुम्बिनी प्रदेशले रोकिराखेको जग्गा फुकुवा, कित्ताकाट गर्न भने नपाइने

    काठमाडौं । राजधानी बनाउन लुम्बिनी प्रदेशले रोकिराखेको जग्गा फुकुवा गरिएको छ । प्रदेश मन्त्री परिषद्‌को बैठकले रोक्का रहेको जग्गा कित्ताकाट गर्न नपाउने शर्तसहित फुकुवा गर्ने निर्णय गरेको हो । 

    २०७७ साल असोज १६ गते तत्कालीन सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । लामो समयसम्म जग्गा रोक्का हुँदा जनजीवन प्रभावित बनेको थियो । स्थानीयले आफूहरूका जग्गा फुकुवा हुनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए । प्रदेश सरकारले जग्गा फुकुवाको लागि सर्त निर्धारण गर्न समिति गठन गरेको थियो । 

    समितिको निर्णय सिफारिसअनुसार कित्ताकाट नहुने गरी किनबेचसम्म फुकुवा गर्दा जग्गा एकीकरण कार्यमा प्रतिकूल असर नपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको पूर्वाधार विकास समितिको बैठकबाट रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय सिफारिसका आधारमा राप्ती गाउँपालिकाको सबै वडा, गढ़वा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा कित्ताकाट नहुने गरी प्रदेश राजधानी क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय गरिएको हो ।


    images
    images

    Logo