काठमाडौं । दसैँ विदामा नेपाल आयल निगमको पम्म आलोपालो खुल्ने भएको छ । निगमले आज एक सुचना जारी गर्दै दसँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा ११ डिपोहरुसमेत खुला राख्ने जनाएको छ ।
जसमध्ये बीरगञ्जको डिपो ४ गतेदेखि ९ गतेसम्म खुल्ला रहने भएको छ भने कोशी प्रादेशिक कार्यालय विराटनगर र मधेशको अमलेखगन्ज , शाखा कार्यालय चालआली ४ र ९ गते डिपो खुल्ने रहनेछन् ।
वाग्मती प्रदेशको थानकोट र लुम्विनीको भैरहवा ४,६, र ९ गते डिपो खुल्ला रहनेछन् भने गण्डकीको पोखरामा ५ र ९ गते डिपा खुल्ला रहनेछ । त्यस्तै, कर्णालीको सुर्खेतमा कात्तिक ४ गते मात्रै खुल्ला रहनेछ । सुदुरपश्चिमको धनगढी ५ र ८ गते डिपो खुल्ला रहने छ ।
यसैगरी, नेपालगञ्जमा रहेको ५ गते, धनुषामा रहेको ४ र ८ गते र वीरगञ्जा रहेको ४ देखि ९ गतेसम्म डिपो खुला हुने जनाइएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि ११ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ ।



