काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएर नयाँ रकेर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मुल्य १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।