images
images

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद् वैठकका निर्णय


  • 339
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    यी हुन् बिहीबार बसेको मन्त्रिपरिषद् वैठकका निर्णय

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो निर्णय भएको बताइन् ।

    सरकारले २०८० असोज २६ देखि कात्तिक २ गतेसम्म भारतमा हुने प्रधानमन्त्री गतिशक्ति गुरूयोजनाको अवलोकन भ्रमणमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने, आ.व. २०८०/८१ औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति दिने, थाइल्यान्डको बैंककमा २०८० कात्तिक २ देखि ३ गतेसम्म आयोजनामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिने, दुग्ध विकास संस्थानको सञ्चालक समितिका सदस्य डा. वेदबहादुर क्षेत्रीलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

    रेल्वे सेवा सञ्चालन र मर्मत सम्भारको लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार तथा सरकारी प्रक्रियाबाट सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति दिने, रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा आ.व.२०८०/८१ का लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत गर्ने, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापक (अफिसियल) लाई पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।

    त्यस्तै, सरकारले २०८० मङ्सिर १९ र २० गते मित्रराष्ट्र घानामा संयुक्त राष्ट्रसंघद्वारा आयोजना हुने २०२३ कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सहभागी हुन स्वीकृति दिने, सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकालाई १५ शैय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं. ३ स्थित ७.२ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने, माथिल्लो सितखोला साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरू निर्माणका लागि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ४ र ५ स्थित १.८४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, अवकाशप्राप्त गैरनेपाली नागरिक अस्थायी शिक्षकहरूलाई सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo