images
images

दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारबाही हुने


  • 383
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारबाही हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँ तथा तिहारको बिदामा कार्यालयको नाममा रहेको कुनै पनि सवारी साधन सञ्चालन नगर्न, नगराउन अनुरोध गरेको छ । 

    महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशन गरेर सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक कार्यरत कर्मचारीहरूले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सञ्चालन नगर्न जानकारी दिएको छ ।

    बिदाको समयमा अत्यावश्यक काममा सवारीसाधन प्रयोग गर्नु परे महानगर क्षेत्रभन्दा बाहिर सञ्चालन नगर्न अन्यथा कारबाही हुने ब्यहोरा महानगरले जनाएको छ ।


    images
    images

    Logo