काठमाडौं । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई १ करोड १४ लाख रुपैयाँ तलब दिएको छ । बैंकले १ वर्षमा सीईओलाई कुल १ करोड १४ लाख ५६ हजार रुपैयाँ भुत्तानी गरेको हो ।
सीईओलाई दिएको १ करोड १४ लाख ५६ हजार रुपैयाँ तलब भत्ता दिएकोमा अल्पकालीन कर्मचारी लाभ बापत ९६ लाख, चाडपर्व भत्ता र वार्षिक विदा बापत भुक्तानी ८ लाख, रोजगारी पछिको लाभ १० लाख ५६ हजार रुपैयाँ रहेको छ ।
बैंकले सीईओलाई अन्य भत्ता भने नदिएको जनाएको छ । बैंकले इन्धन, स्वास्थ्य चिकित्सा सुविधा जस्ता गैर नगद लाभहरु समेत मुख्य व्यवस्थापक कर्मचारीहरुलाई प्रदान गर्ने गरेको जनाएको छ ।