काठमाडौं । हङकङविरुद्ध नेपालले ६ विकेटको फराकिलो जित हाँसिल गरेको छ । हङकङले दिएको ९१ रनको लक्ष्य नेपालले ३७ बल बाँकी हुँदै पुरा गरेको हो ।
नेपालका तर्फबाट आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, टोलिका कप्तान रोहित पौडेल, गुल्सन झा र कुशल भुर्तेलले क्रमशः २५, १४ र ८ रनको योगदान दिएका छन् ।