काठमाडौं । दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको बेतिनी घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दोलखाको जिम्मा लगाइएको सीआईबीले जनाएकाे छ ।
काठमाडौंको सामाखुसी बस्दै आएका न्यौपाने भने लसुनको कारोबारी थिए । चीनमा बसेर लसुनको कारोबार गर्ने गरेका उनी तस्करीको सुनमा पनि जोडिएको पाइएपछि पक्राउ गरिएको एसपी अधिकारीले बताए ।
यसअघि उक्त प्रकरणमा ११ जना पक्राउ परिसकेका छन् ।