images
images

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य, करणले लिए ४ विकेट


  • 294
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य, करणले लिए ४ विकेट

    काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । आज मुलपानी क्रिकेट स्टेडियममा भएको खेलमा हङकङले ९४ रन बनाउँदै नेपाललाई ९५ रनको लक्ष्य दिएको हो । 

    टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडेका छन् । उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए। करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले  पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो। 

    हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले एक/एक विकेट लिए ।

     


    images
    images

    Logo