images
images

१६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 319
    SHARES
  • २०८० कार्तिक २ गते बिहीबार

    १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले शुक्रबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ४९ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै,१८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने  ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको मंसिर ५ गते परिपक्क हुनेछ भने ९१ दिनको माघ ९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी बैशाख ११ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ साल कात्तिक ६ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल शुक्रबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


    images
    images

    Logo